नियम ९
कन्साइनमेन्ट लैजाने अनुमति सम्बन्धी व्यवस्था
(१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको पारवहनमा रहेको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य कुनै मुलुकमा लैजान चाहने व्यक्ति वा संस्थाले एकहजार रुपैंया दस्तुर संलग्न गरी अनुसूची–१४ बमोजिमको
ढाँचामा कार्यालय समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिंदा देहायका कागजात संलग्न हुनु पर्नेछः–
(क) कन्साइनमेन्ट पैठारी गर्ने मुलुकले जारी गरेको पैठारी अनुमतिपत्र,
(ख) कन्साइनमेन्ट निकासी गर्ने मुलुकले जारी गरेको वस्तुको स्वस्थता प्रमाणपत्र,
(ग) कन्साइनमेन्टको बिलबिजक,
(घ) ढुवानीको साधन, तरीका र प्रयोग गर्ने बाटो,
(ङ) कन्साइनमेन्टमा रहेको वस्तुको उत्पत्तिको प्रमाणपत्र ।
(३) कार्यालयले उपनियम (१) बमोजिम प्राप्त निवेदनसाथ संलग्न कागजात र कन्साइनमेन्ट ठीक दुरुस्त भए नभएको जाँचबुझ गर्दा ऐनको दफा १३ को उपदफा (३) बमोजिमको अवस्था विद्यमान भएमा त्यस्तो कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजान अनुसूची–१५ बमोजिमको ढाँचामा अनुमति दिनेछ ।
(४) उपनियम (३) बमोजिम दिईएको अनुमति बमोजिम कुनै बिरुवा, बिरुवाजन्य उपज वा अन्य वस्तुको कन्साइनमेन्ट नेपालको बाटो भएर अन्य मुलुकमा लैजाने क्रममा नेपालभित्र कुनै कारणबाट टुटफुट भई त्यसमा रहेको शत्रुजीव बाहिर निस्कन वा पैmलन सक्ने सम्भावना भएमा त्यस्तो कन्साइनमेन्ट लैजाने व्यक्तिले तुरुन्त नजिकको कार्यालय वा जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रमा सूचना गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम कुनै सूचना प्राप्त हुन आएमा कार्यालय वा जिल्ला कृषि विकास कार्यालय वा कृषि सेवा केन्द्रले तुरुन्त त्यस्तो कन्साइनमेन्टको निरीक्षण गरी शत्रुजीव पैmलन नसक्ने व्यवस्था गरी त्यसको जानकारी यथाशीघ्र एक तह माथिल्लो निकाय वा कार्यालय र संगठनलाई दिनु पर्नेछ ।
(६) नेपालको बाटो भएर लैजान लागिएको कन्साइनमेन्ट टुटफुट भई उपनियम
(५) बमोजिमको अवस्था परेमा त्यसमा निषेधित शत्रुजीव बाहिर निस्कन नपाउने गरी
पुन प्याकेजिङ्ग गरेर मात्र त्यस्तो कन्साइनमेन्ट लैजान दिईनेछ । त्यसरी पुन प्याकेजिङ्ग गर्दा गराउँदा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाले ब्यहोर्नु पर्नेछ ।